मनमैजु टिम च्याम्पियन

चौधौं इन्डो–नेपाल कराते प्रतियोगिताको उपाधि नेपालको मनमैजु डोजोले जितेको छ । मनमैजुले १२ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो ।
५ रजत र १ कांस्यसाथ नेपालको जेम्स स्कुल दोश्रो भयो । तेश्रो स्थानमा रहेको नेपालको ज्ञान मन्दिरले ४ स्वर्ण, २ रजत र ४ कांस्य हात पा¥यो ।
नव शान्ति डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपालका श्री कालिकाका विजय रिमाल तथा महिलामा भारतकी आश्था शुक्ला उत्कृष्ट खेलाडी चुनिए । पुरुषमा नेपालको भारदेउका आशिष घलान तथा महिलामा ह्वाइट माउन्टेन स्कुलकी जितु राना उदीयमान खेलाडी चुनिए ।
प्रतियोगितामा ३ सय ४७ खेलाडीले विभिन्न २६ स्पर्धामा भाग लिएको प्रतियोगिता संयोजक समेत रहेका आयोजक प्रमुख राजेन्द्रकुमार ओझाले जनाएका छन् ।

Comment