वेसबलको राष्ट्रिय टोलीमा एपीएफको प्रभाव
नेपाल बेसबल तथा सफ्टबल संघले २५ फ्रेबेओरीमा पाकिस्तानमा हुने वेष्ट एसिा कप बेसबल प्रतियोगिताको लागि राष्ट्रिय टिम घोषणा गरेको छ । प्रथम राष्ट्रिय बेसबल च्याम्पियनसिपमा खेलाडीको पदर्शनको आधारमा खेलाडी छनोट गरिएको संघका महासचिव दिपक न्यौपानेले बताए । राष्ट्रिय टिममा एएपिएफबाट सबैभन्दा बढि ७ खेलाडी परेका छन् । त्यसैगरि नेपाल आर्मीबाट ५ जना,पोखराबाट तीन जना र गोर्खा क्रुज र झक्तपुरबाट १÷१ जना परेका छन् । सो टिमका कप्तानमा जापानमा बेसबल खेलिरहेका ईश्वन थापा चयन भएका छन् । १८ सदस्यीय अन्य खेलाडीमा मिलन थापा, प्रकाश बहादुर गुजारा, मोहमद हुसेन, पदम सिंह गुजारा,जितबहादुर तमाङ, अजित कार्की, विनोद कोइराला, दिनेश सिंह भण्डारी,मनकुमार माल, विमल लामिछाने,जिवन नाप, सुर्गिन थापा, राजेश बस्नेत, अनिल परियाल, सुसिल परियार, सगुन खिचाजु, सुवास बोहरा र खड्क सिंह विष्ट छन् ।