उत्तरपुर्वी आइटीएफ एसियन तेक्वान्दो च्याम्पियसिपमा नेपाल तेस्रो
चिनमा भएको प्रथम उत्तरपुर्वी एसियन आइटिएफ तेक्वान्दो च्याम्पियसिपमा नेपाल तेस्रो भएको छ । चिनको बेइजिङमा सम्पन्न च्याम्पियनसिपमा तीन रजत र एक काश्य पदकका साथ नेपाल तेस्रो भएको मास्टर कृष्ण बलालले जानकारी दिए । डिसेम्बर १५ देखि २० सम्म भएको च्याम्पियनसिपमा नेपालले अनुशासित टिम अवार्ड समेत हात पा¥यो ।
नेपालले ब्यक्तिगतर्फ दुइ रजत र एक कास्य तथा टिम इभेन्ट एक रजत जितेको छ । टिम फाइटमा फाइनलमा पुगेको नेपाल उत्तरकोरियासँग पराजित भएपछि रजत पदकमै सिमित भयो । टिम फाइटमा पुरन केसी,सुनिल बस्नेत,नाम्गेल तामाङ,रविन मगर र शिव पाण्डे थिए । सुनिल बस्नेत र नाम्गेल तामाङले ब्यक्तिगत फाइटमा समेत रजत पदक जिते । ६५ देखि ७० केजीमा सुनिल कोरियासँग र नाम्गेलले ७० देखि ७५ केजीमा चिनका खेलाडीसँग पराजित भएपछि रजत पदकमै सिमीत भए । पुरन केसीले ७५देखि ८० केजी तौल समुहमा काश्य पदकमा चिक्त बुझाए ।
च्याम्पियनसिपमा कुल १० राष्ट्रको सहभागीता रहेको थियो । च्याम्पियनसिपमा उत्तर कोरिया टिम च्याम्पियन,आयोजक चिन दोस्रो र नेपाल तेस्रो भयो । च्याम्यिनसिपमा नेपाली दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्जन धमलाको नेतृत्वमा महासचिव अन्जु राउत र कोषाध्यक्ष बासु भटृ रहेको छन् ।