पुलिस र एपीएफ उपाधि भिडन्तमा
नेपाल पुलिस क्लब र सशस्त्र प्रशरी बलको एपिएफ क्लब सातौं राष्ट्रिय खेलकुद– २०७३ को महिला फुटबलको फाइनलमा उपाधीको लागि भिड्ने भएका छन् । दुहवी रङ्गशालामा भएकोे सेमिफाइनलमा पुलिसले मध्यमाञ्चललाई ५–० को ठुलो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । पुलिसका लागि निरु थापाले खेलको तेश्रो मिनट, २९ र ५१ मिनटमा तथा निर्मला उपाध्यायले १५ र ४३ मिनटमा गोल गरेका थिए ।
खेलमा एपिएफ क्लबले नेपाली सेनाको आर्मी क्लबलाई ३–०ले पराजित गर्दै फाइनलमा पुलिसको सामना गर्ने भएको छ । एपिएफका रेखा पौडेलले १८ मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाईन् । २७ औं मिनटमा अनिता के.सीे.ले गोल गर्दै गोल संख्या दोब्बर पारिन् । यस्तै दोश्रो हाफको ५५ औं मिनटमा रञ्जना दर्जीले गोल थप्दै जित सुनिश्चित पारिन् ।