एपिएफ र मध्यमाञ्चल विजयी

सातौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चलले विजयी सुरुआत गरेका छन् । मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा एपिएफले मध्यमपश्चिमाञ्चललाई २६ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ जोडेको थियो । एपिएफका लागि सन्दीप सुनारले सर्वाधिक ५१ रन बानाएका थिए । त्यस्तै प्रदिप ऐरीले २९ र पारस खड्काले २६ रन बनाउन सफल भए । दुवै नटआउट रहे । जवाफी व्याटिङमा उत्रेको मध्यपश्चिमाञ्चालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो । मध्य पश्चिमाञ्चलका लागि प्रनित थापाले सर्वाधिक ४० रन तथा अनुपम सिंहले २१ रन बनाए पनि अन्य व्याट्सम्यानले दोेहोरो अंक बनाउन सकेनन् । सशस्त्रकाको एपिएफका लागि पारस खड्काले ३ विकेट लिए ।
पुर्वाञ्चल र मध्यमाञ्चलबीचको अर्को खेलमा मध्यमाञ्चल ४ रनले विजयी भएको छ । टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले पूरै २० ओभर खेलेर ९ विकेट गुमाइ १ सय २० रन बनाएको थियो । मध्यमाञ्चलका लागि जितेन्द्र सिंह ठकुरीले ३१, असल चौधरीले २७ र रातिक खानले २१ रन योगदान गरे । पुर्वाञ्चलका लागि संदीप ढुंगानाले २, पुष्प थापाले २, फिरदोज अन्सारीले २ तथा महबुब आलम, प्रदिप पासवानले १÷१ विकेट लिएका थिए । जवाफी व्याटिङमा उत्रिएको पुर्वाञ्चलले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११६ रन मात्र बनाउन सक्यो । पुर्वाञ्चलका लागि पुष्प थापाले १३, मेहबुब आलमले ८, मिनेष थापाले १७ , राज थापाले १२ र विवेक यादवले १३ रन बनाए । मध्यमाञ्चलका लागि हसिम अन्सारिले ३ विकेट लिए । त्यस्तै रुपेस श्रीवास्तव २ तथा रसिद खान र शुशिल डंगोलले १÷१ विकेट लिएका थिए । शनिबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चल तथा नेपाल प्रहरी र पश्चििमाञ्चलबीच खेल हुनेछ । पाँच विकास क्षेत्र र नेपालीसेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तिन विभागिय टोलि गरि ८ टिम सहभागी छन् ।

Comment