काजोल र सरिता सेमिफाइनलमा

सातौ राष्ट्रिय खेलकुदकै सबैभन्दा प्रतिस्पर्धात्मक स्पर्धा मानीएको तेक्वान्दोको ४६ किलो तौल समुहमा सेनाकी काजल श्रेष्ठको साथमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठ सेमिफाइनलमा प्रबेश गरे । इटहरी रंगशालाको कभर्डहलमा भएको तेक्वान्दोतर्फ पुरुष ५४केजीमा सुपका गणेश चौधरी,मध्यमाञ्चलका कपिल थापा,एपीएफका चन्द्र राना मगर र नेपाली सेनाका तारा कुमार रायमाझि सेमिफाइनलमा प्रवेश गरेका छन् । सुदुरपश्चिमाञ्चलका गणेश चौधरीले पुर्वाञ्चलका सुरज मगर,मध्यमाञ्चलका थापाले नेपाल प्रहरीका मनोज मल्ल,एपीएफका मगरले मध्यपश्चिमका कमल विक र सेनाका रायमाझीले नेपाल प्रहरीका राजेश शाहीलाई हराउदै अन्तिम चारमा स्थान बनाए ।
महिला ४६ केजीमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठले सुपकी वर्ष थापा तथा नेपाली सेनाकाकी काजल श्रेष्ठले मध्यमाञ्चलकी रोशनी हराउदै सेमिफाइनलमा स्थान बनाएका हुन्। महिला ४९केजीमा मध्यमाञ्चलकी रेजुना ठकुरीले पश्चिमाञ्चलकी प्रसशां क्षेत्रि,एपीएफकी अश्मिता खड्काले मध्यपश्चिमाञ्चलकी सिता दर्लामी र नेपाली सेनाकी यानकुमारी चौलागाँईले पुर्वाञ्चलकी सुनिता तामाङलाई हराउदै अन्तिम चारमा स्थान बनाइन् । सुदुर पश्चिमपकी कोपीला बोहरा भने बाई पाउदै अन्तिम चारमा स्थान बनाइन् ।

Comment