जुडोमा सुनिताको पुनरागम
केही समय जुडोको चर्चाबाट हराएकी सुनिता थापाल मगरको सातौ राष्ट्रिय खेलकुदमा पनुरागमन भएको छ ।छैटौ राष्ट्रिय खेलकुदमा ओलम्पियन देवु थापालाई हराएर उपाधि जितेकी सुनिता थापाले सातौ राष्ट्रि खेलकुदमा पनि स्वर्ण पदक जितेकी छिन् । झापाको धुलाबारीमा आयोजना भएको जुडोको ६० किलो तोल समुहमा मध्यमाञ्चलकी सुनिताले स्वर्ण जित्दा मध्यपश्चिमकी सम्झना चौधरीले रजत तथा आर्मीकी गंगा चौधरी र पुलिसकी रेणुका थापाले कास्य जिते । शनीबार ९ स्वर्णको छिनोफानो भएको छ । पुरुषतर्फको ४५ केजीमुनिको खेलमा आर्मीका सुबोध मन्डललाई स्वर्ण, पूर्वाञ्चलका अमितकुमार रामलाई रजत, मध्यमाञ्चलका निशान लिम्वू र सुदूरपश्चिमाञ्चलका कुमार शाह संयुक्त रुपमा तेस्रो भए । त्यसैगरी ५५ केजीमुनि मध्यमाञ्चलका किरण गजेल पहिलो, आर्मीका कर्मा तामाङ दोस्रो, एपीएफका दीपेन्द्र तामाङ र पुलिसका रोहन थापामगर तेस्रो भए । ६६ केजीमुनिमा मध्यमाञ्चलका इन्द्रबहादुर श्रेष्ठलाई स्वर्ण, पुलिसका टीकाराम चौधरीलाई रजत, पश्चिमाञ्चलका सुमन्त क्षत्री र एपीएफका विजय तामाङले संयुक्त रुपमा कांस्य जिते ।
८१ केजीमुनि मध्यमाञ्चलका मोहन सुनुवारले स्वर्ण, पुलिसका सन्तोष सुनारले रजत, आर्मीका दिलबहादुर मगर र पश्चिमाञ्चलका मंग्लु मेचेले काश्य जिते । पुरुष १०० केजीमुनि मध्यमाञ्चलका रविन श्रेष्ठ पहिलो, आर्मीका शिवराम बराम दोस्रो, पुलिसका रियाज श्रेष्ठ र सुदूरपश्चिमाञ्चलका राजन ओझाले काश्य पदक जिते ।
त्यसैगरी महिला ४८ केजीमुनि पुलिसकी सरिता चौधरीले स्वर्ण, मध्यपश्चिमकी सारदा खत्रीले रजत जित्दा आर्मीकी सुष्मिता लावत र पश्चिमाञ्चलका माया लुहारले काश्य जित्न सफल भए । महिला ५७ केजीमुनि आर्मीकी मनिता श्रेष्ठ प्रधान पहिलो, मध्यमाञ्चलकी सर्मिला तामाङ दोस्रो, मध्यपश्चिमकी निर्मला कुँवर र पुलिसकी विष्णु थापा संयुक्त रुपमा तेस्रो भए ।
महिलाको ७८ केजीमाथि सुदूरपश्चिमाञ्चलकी सुनिता बोहराले स्वर्ण, आर्मीकी आकृति जोशीले रजत र पश्चिमाञ्चलकी सीमा ठकुरीले कास्य जितिन् ।