बास्केटबल सुरु
Manoj Shiama
24 December, 2016 11:03 pm
सातौ राष्ट्रिय खेलकुद अन्तरगत बास्केटबल पनि शनिबारदेखि धरानस्थित डिपो उच्चमाविको कोर्टमा सुरु भएको छ । महिलातर्फ पश्चिमाञ्चल र मध्यमपश्चिमाञ्चलबीच भएको खेलमा ४५–१२ स्कोरले पश्चिमाञ्चल विजयी भयो । नेपाल आर्मी र मध्यमाञ्चल बीच भएको खेलमा ४४–२९ स्कोरले पछि पार्दै मध्यमाञ्चल विजयी बनेको छ । त्यस्तै तेस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि २३–११ को जित प्राप्त ग¥यो ।
त्यस्तै पुरुष बास्केटबल तर्फ विभागीय टोली नेपाल आर्मीले पश्चिमाञ्चललाई ८२–५३ स्कोरले पराजित गरेको छ । मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलबीचको खेलमा ९५–४३ स्कोर गर्दै मध्यमाञ्चल विजयी बनेको छ । पुरुष बास्केटबलमा विभागीय टीमसहित ६ वटा टिमहरुले स्पर्धा गरिरहेका छन् भने महिला बास्केटबलमा ५ विकास क्षेत्रका टिमहरु सहभागी रहेका छन् ।