पश्चिमाञ्चल र मध्यमाञ्चलको जित
सातौ राष्ट्रिय खेलकुद अन्तरगत पुरुष फुटबलमा शनिबार पश्चिमाञ्चल र मध्यमाञ्चलले हात पारेका छन् । धरान एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ३–० गोलअन्तरले हरायो । पश्चिमाञ्चलको लागि पहिलो हाफको २५ औं मिनेटमा विमल घर्ती मगरले पहिलो गोल गरे । बाँकी दुवै गोल दोस्रो हाफमा कप्तान अनिल गुरुङले गरेका थिए । दोस्रो हाफको ३० औं मिनेटमा अनिलले दोस्रो गोल गरे भने ४० औं मिनेटमा पेनाल्टी अवसरलाई सदुपयोग गर्दै तेस्रो गोल गरे । पुलिसका गोलकिपर रोशन खड्काले पश्चिमाञ्चलका विश्वास श्रेष्ठलाई डिबक्सभित्र फल गरेपछि रातो कार्ड पाउदै बाहिरिए भने पश्चिमाञ्चलले पेनाल्टी अवसर पाएको थियो । गोलकिपरले रातो कार्ड पाएपछि पुलिसको गोलपोष्ट कप्तान भोला सिलवालले सम्हाल्नु परेको थियो ।
दोस्रो खेलमा मध्यामञ्चलले पुर्वाञ्चललाई १–० को गोलअन्तरले हरायो । दोस्रो हाफको २८ औ मिनेटमा दिनेश हेन्जनले गरेको गोल खेलको निर्णायक बन्यो । शनिबारको खेलपछि लिग चरणको दुवै खेलमा जित हात पारेको मध्यमाञ्चल कुल ६ अंकसाथ शीर्षस्थानमा छ भने एक खेलमा हार र एक खेल जितको पश्चिमाञ्चल र नेपाल पुलिस समान ३÷३ अंक छ । आइतबार समुह ख अन्र्तगतको पहिलो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिमाञ्चलबीच हुनेछ भने दोस्रो खेल नेपाली सेनाले मध्यपश्चिमाञ्चल विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।