आर्मी र पुलिसको जित

सातौ राष्ट्रिय खेलकुद अन्तरगत पुरुष क्रिकेटमा त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन । पहिलो खेलमा आर्मीले सुदुरपश्चिमाञ्चललाई ८७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धाति २० ओभरमा ३ विकेट गुमाई २ सय ९ रन बनाएको थियो । नरेश बुढाएरले ४३ बलमा ५ छक्का र ५ चौका प्रहार गरी अविजित ८१ रन, सागर पुनले ४४ रन, विनोद भन्डारीले ३४ रन र राजु रिजालले २२ रनको योगदान गरेका थिए । सुदुरपश्चिमाञ्चलका सागर भन्डारी, विनोद लामा र सन्तोष भट्टले १–१ विकेट लिएका थिए ।
जवाफमा २ सय १० रनको विजय लक्ष्य पछ्याएको सुदुरपश्चिमाञ्चलले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय २२ रनमात्र जोड्न सक्यो । जस्मा रोशन नेपालले ५३ बलमा १ छक्का र ५ चौका गरी ५० रन र दिपक मण्डलले २२ रन बनाएका थिए । आर्मीका सागर पुन, राहुल विक र राजेश पुलामीले १–१ विकेट लिएका थिए ।
त्यैसै गरी दोस्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धाति २० ओभरमा ५ विकेट गमाई १ सय ४५ रन बनाएको छ । जस्मा कप्तान मन्जित श्रेष्ठले ३२ बलमा ३ छक्का र २ चौका प्रहार गरी अविजित ४९ रन, दिपेन्द्र ऐरीले अविजित २८ रनको योगदान गरेका थिए । पश्चिमाञ्चलका साह आलमले २ विकेट लिएका थिए ।
जवाफमा १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको पश्चिमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गमाई १ सय २९ रनमात्र जोड्न सक्यो । जस्मा शुसान्त भारीले अविजित ३२ रन र लालबहादुर अधिकारीले २७ रन बनाएका थिए । पुलिसका ललितसिंह भण्डारीले ३ विकेट र दिपेन्द्र ऐरीले २ विकेट लिएका थिए ।

Comment