निर्मलको जित
Manoj Shiama
24 December, 2016 11:37 pm
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सफ्ट टेनिसको पुरुष सिंगल्समा मध्यमाञ्चलका निर्मल स्थापित, पूर्वाञ्चलका अभिषेक कार्की र सुदूरपश्चिमाञ्चलका रमेश पाण्डेले जित हात पारेका छन् । निर्मलले मध्यपश्चिमाञ्चलका विनोद मगरलाई ४–० तथा अभिषेकले मध्यपश्चिमाञ्चलका सुभम खनाललाई ४–० ले पराजित गरे । रमेशले पूर्वाञ्चलका आशिष बोहरालाई टाइब्रेकरमा ७–३ ले हराए ।
महिला सिंगल्समा मध्यपश्चिमाञ्चलकी मेघा श्रेष्ठले पूर्वाञ्चलकी जर्जिया चौधरीलाई ४–०, मध्यपश्चिमाञ्चलकी सिर्जना राना मगरले सोही क्षेत्रकी दीपा आलेलाई ४–० तथा मध्यमाञ्चलका शिव भट्टराईले पूर्वाञ्चलकी श्रीयला योञ्जनलाई ४–१ ले पाखा लगाए ।