आइटिएफ तेक्वान्दोमा आठ स्वर्णसहित आर्मीको बर्चस्व

Manoj Shiama
25 December, 2016 6:53 pm


सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत भएको झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा नेपाल आर्मीले पदकमा बर्चस्व कायम गरेको छ । दमकस्थी रेडक्रम भवनमा भएको खेलमा आर्मीले आठ स्वर्ण सहित बर्चस्व कायम गरेको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बताए । आर्मीले एक स्पाइरिङमा दुई स्वर्ण र प्याट्रनमा ६ स्वर्ण हात पारेको छ । स्पाइरिङमा पुरुषको ४५–५० तौलसमुहमा आर्मीका पुर्ण बहादुर मगरले स्वर्ण,पश्चिमाञ्चलका दिपक गौतम रजत तथा पुर्वाञ्चलका प्रभात कार्कि र मध्यमाञ्चलका सुनिल महत्तोले कास्य पदक हात पारे । पुरुष स्पाइरिङकै ५१–५५ केजी तौलसमुह अन्तर्गत एपीएफका योगेन्द्र धिमालले स्वर्ण,पश्चिमाञ्चलका विकल्प पौडेलले रजत तथा मध्यमाञ्चलका तारा तामाङ र मध्यपश्चिमाका हिमाल लामाले कास्य पदक हात पारे ।
फाइटतर्फनै महिलाको ४१–४५ केजीमा आर्मीकी निस्मा बस्यालले स्वर्ण,पश्चिमाञ्चलकी रिता अधिकारीले रजत तथा सुपकी पुजा रावल र मध्यमाञ्चलकी सोनी खड्काले कास्य जितिन् ।
प्याट्रनको महिलातर्फ निलो पेटिमा आर्मीकी उसना श्रेष्ठले स्वर्ण र मध्यमाञ्चलकी जिजिबिसा थापा मगरले रजत,रातो पेटिमा आर्मीकी कल्पना राईले स्वर्ण र एपीएफकी सञ्चिताले रजत तथा कालोपेटिमा मध्यमाञ्चलकी रञ्जु पुलामी मगरले स्वर्ण र पश्चिमाञ्चलकी आयुषा कार्कीले रजत हात पारे । महिलाकै कालो पेटि दोस्रो डानमा नेपाल आर्मीकी आस्मा श्रेष्ठले स्वर्ण र मध्यमाञ्चलकी पुजा खुलाल मगरले रजत तथा तेस्रो डानमा आर्मीकी तुलसा राजथलाले स्वर्ण र पश्चिमाञ्चलकी शर्मिला महतले रजत दिलाइन् ।
प्याट्रनको पुरुषतर्फ निलो पेटिमा पुर्वाञ्चलका विर बहादुर तामाङले स्वर्ण र मध्यमाञ्चलका अनिल तामाङले रजत,रातो पेटिमा एपीएफका श्यामकृष्ण श्रेष्ठले स्वर्ण र पुर्वाञ्चलका रबजोर वाईबाले रजत ,कालोपेटि प्रथम डानमा आर्मीका भिम बहादुर तामाङले स्वर्ण र पश्चिमाञ्चलका विमल रानाले रजत,दोस्रो डानमा आर्मीका पुर्ण बहादुर मगरले स्वर्ण र पश्चिमाञ्चलका श्याम बहादुर गाहा मगरले रजत तथा तेस्रो डानमा पुर्वाञ्चलका युवराज लामाले स्वर्ण र मध्यमाञ्चलका हनक सुब्बाले रजत हात पारे । स्पाइरिङको पुरुष ६०–६५ केजी तौलमा सेमिफाइनलमा पश्चिमाञ्चलका दिनेश बुढामगरले आर्मीका आदोन लामालाई हराउदै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।