रेजिना, यान कुमारी र तारालाई स्वर्ण
सातौ राष्ट्रिय खेलकुदको सबैभन्दा प्रतिस्पधात्मक र प्रतिक्षित महत्वपूर्ण स्पर्धा तेक्वान्दोको ४६ किलो तौल समुहमा साग रजतपदक धारी नेपाल पुलिसकी रेजिना कार्कीले उपाधि रक्षा गरेकी छन् । उनले फाइनलमा नेपाल आर्मीकी काजल श्रेष्ठलाई पराजित गरिन् । स्पर्धामा एपीएफकी संगीता खड्का र पश्चिमाञ्चलकी सरिता श्रेष्ठले तेश्रो स्थान पाए । यस स्पर्धामा सहभागि धेरै खेलाडी अन्तराष्ट्रिय प्रतियोगिताका लागि सक्षम मानीन्छन् । पुरुष ५४ किलो तौल समुहमा आर्मीका तारा रायमाझी पहिलो भए भने मध्यमाञ्चलका कपिल थापा दोश्रो तथा एपीएफका चन्द« राना र सुदुर पश्चिमका गणेश चौधरी तेश्रो भए । ४९ किलो तौल समुहमा आर्मीकी यान कुमारी चौलागाइ पहिलो भइन् भने मध्यमाञ्चलकी रेजिना ठकुरी दोश्रो तथा सुदुर पश्चिमकी कोपीला बोहरा र मध्य पश्चिमकी सिता दर्लामी तेश्रो भए ।