फुपुबाट उपाधि रक्षा, लीलाको सफलता यथाबत

झापाको धुलाबारीमा आयोजना भएको जुडो खेलमा आइतबार ९ स्वर्ण पदकको छिनोफानो भएको छ । दुई दिनको खेलमा कुल १८ स्वर्ण पदकको खेल भएका छन् । सोमबार तीन स्वर्णका लागि खेल हुनेछ । राउण्डरोविन लिगमा भएको खेलमा नेपाली खेलकुदकै केही “डेकोरेटेड” एथलेट मध्यकी आर्मीकी फुपु ल्हामु खत्रिले उपाधि जितिन् । १२औँ सागकी स्वर्ण विजेता फुपुले महिला ६३केजीको सबै खेलमा अपराजित रहदै स्वर्ण जितिन । सोही तौलमा पुलिसकी निसा चौधरीले रजत तथा सुदरपश्चिमाञ्चलकी शेखा श्रेष्ठ र पुर्वाञ्चलकी दिल कुमारी सिजालीले कास्य पदक जितिन ।
महिला ४४ केजीमा मध्यपश्चिमाञ्चलका सोनु भटृले स्वर्ण,पश्चिमाञ्चलका सोम माया तामाङले रजत,सुदुरपश्चिमाञ्चलका विमला महता र नेपाल आर्मीकी सुमित्रा राईले कास्य तथा ५२ केजी तौलसमुहमा आर्मीकै लिला अधिकारीले स्वर्ण,पुलिसकी दिल कुमारी छन्त्यालले रजत ,एपीएफकी देविका खड्का र मध्यमाञ्चलकी कविता नेपालीले कास्य पदक हात पारिन् । यो स्पर्धा जुडोको प्रतिस्पर्धात्मक स्पर्धाको रुपमा रहेको थियो । उपाधि विजेता लीला एक दशक अघि नेपाली खेलकुदमा पर्सा जिल्लाको प्रभाव रहदा उदाएकी हुन् । पछिल्लो दशक नेपालमा उदाएका तीन महिला जुडो खेलाडी फुपु, लीला र सुनिता तीनै जना लागि यो राष्ट्रिय खेलकुदमा उपाधि जित्न सफल रहे । महिलाकै ७८ केजीमा आर्मीकी पुनम श्रेष्ठले स्वर्ण,पुर्वाञ्चलकी वविता चौधरीले रजत,पुलिसकी भावना घर्तिमगर र मध्यपश्चिमाञ्चलकी कृष्णी राइदासले कास्य जितिन ।
त्यस्तै पुरुष ५० केजी तौल समुहमा आर्मीका तिलक बहादुर देउजाले स्वर्ण,मध्यमाञ्चलका मनोज आचार्यले रजत,एपीएफका सन्तोष विष्ट र मध्यपश्चिमाञ्चलका चक्रविर रोक्काले कास्य तथा ६० केजी तौलमा आर्मीका सुदिप कुमार बोहराले स्वर्ण,पुलिसका उमेश मगरले रजत ,मध्यपश्चिमाञ्चलका दिनेश बुढामगर र पुर्वाञ्चलका विकास भुजेलले कास्य पदक जितेका छन् । ७३ केजी तौलसमुहमा पुलिसका सञ्चित डंगोलले स्वर्ण,मध्यमाञ्चलका रामभक्त तामाङले रजत,एपीएफका निर्दोश चलाउने र आर्मीका जंग बहादुर सारुले कास्य जिते ।
पुरुष९०केजी तौलसमुहमा नेपाल प्रहरीका श्रीराम मकाजुले स्वर्ण,मध्यमाञ्चलका सञ्जय महर्जनले रजत, नेपाल आर्मीका सुर्यमान लामा र सुदुपश्चिमाञ्चलका चन्द्र प्रसाद चौधरीले कास्य तथा १०० केजीमा नेपाल प्रहरीका राजन जोशीले स्वर्ण,नेपाल आर्मीका कालुमान तामाङले रजत ,पुर्वाञ्चलका बच्चुलाल चौधरी र सुदुरपश्चिमाञ्चलका आषिश ओझाले कास्य पदक जितेका छन् । दोस्रो दिनको पदक विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्रि दलजित विके श्रीपाली,राष्ट्रिय खेलकुद परिषद(राखेप)का उपाध्यक्ष लामा टेण्डि शेर्पा र नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्रचार्यले पदक हस्तान्तरण गरे ।

Comment