कुसुम र लेखनाथलाई स्वर्ण

फाइल तस्बिरः कुसुमको फेसबुकबाट

सातौ राष्ट्रिय खेलकुद अन्तरगत करातेको महिला ४५ केजीमा आर्मीकी कुसुम खड्काले स्वर्ण जितिन् । फाइनलमा कुसुमले प्रहरीकी अर्मिला डिसीलाई पराजित गरिन् । एपीएफकी दीपा लामा र पश्चिमाञ्चलकी मोनु तामाङ संयुक्त रुपमा तेश्रो भए । पुरुष ८४ केजमाथि आर्मीका लेखनाथ मैनालीले बाजी मारे । उनले फाइनलमा प्रहरीका विप्लव श्रेष्ठको चुनौती पन्छाए । पूर्वाञ्चलका सञ्जय राई र पश्चिमाञ्चलका जीवन मल्ल तेश्रो बने ।
महिला टिम काताको उपाधि आर्मीले हात पा¥यो । पूर्वा्रञ्चल दोश्रो तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल तेश्रो स्थानमा रहे

Comment