टिम इभेन्टमा आर्मीलाई दुई स्वर्ण

Manoj Shiama
25 December, 2016 9:48 pm


सातौ राष्ट्रिय खेलकुद अन्तरगत काकडभिट्टामा जारी व्याडमिन्टनको टिम इभेन्टमा आर्मीले २ स्वर्ण जित्यो । पुरुषतर्फ आर्मीले एपीएफलाई ३–० ले पराजित ग¥यो । आर्मीका रत्नजीत तामाङले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१० र २१–१४ को सोझो सेटमा पन्छाए । त्यस्तै आर्मीकै नवीन श्रेष्ठले एपीएफका विजित थापा मगरलाई २१–८ र २१–७ ले र आर्मीकै दिपेश धामीले एपीएफका सुदिप सेढाईंलाई २१–१८ र २३–२१ ले पछि पारे ।
महिलातर्फ पनि आर्मीले एपीएफलाई २–० ले पराजित ग¥यो । आर्मीकी अमिता गिरीले एपीएफकी शोभा गौचनलाई २१–१६ र २१–१७ तथा नङसला तामाङले एपीएफकी शिक्षा श्रेष्ठलाई २१–१५ र २१–१६ ले हराए । पुरुष सिंगल्समा मध्यमाञ्चलका विलाल वारिसले सुदूरपश्चिमाञ्चलका देउराज रानालाई २१–१९ र २१–१६ को सोझो सेटमा हराए । पश्चिमाञ्चलका विधान अधिकारीले पूर्वाञ्चलका विशाल मोक्तानलाई २१–१४ र २१–१४ को सोझो सेटमा हराए । सुदूरपश्चिमाञ्चलका सुनिल जोशीले मध्यमाञ्चलका मनिषविक्रम सिंहलाई २१–१२ र २१–११ को सोझो सेटमा पाखा लगाए ।
त्यसैगरी पूर्वाञ्चलका सुवास तामाङले मध्यमाञ्चलका प्रदीप महर्जनलाई २३–२१ र २१–१४ ले हराए । पश्चिमाञ्चलका विवेक जिसीले आर्मीका सुरज महर्जनलाई २१–११ र २१–१४ ले निराश पारे । एपीएफका सुमन लिम्वुले मध्यमाञ्चलका शिव थापालाई १६–२१, २१–१३ र २१–१० ले हराए । आर्मीका रुकेश महर्जनले मध्यमाञ्चलका हरि गोतामेलाई २१–११ र २१–१६ अंकले जिते । पश्चिमाञ्चलका भुगोल गुरुङले मध्यमाञ्चलका प्रविन के लिङथेकलाई २१–१५ २१–१० ले हराए । पूर्वाञ्चलका प्रकाश लिम्वुले नेपाल पुलिसका सन्तोष कट्वाललाई २१–१२ र २१–१० ले हराए ।
त्यस्तै पूर्वाञ्चलकै सुजन श्रेष्ठले पुलिसकै गौरव दाहाललाई २१–१३ र २१–१९ ले हराए । एपीएफका विजीत थापा मगरले पश्चिमाञ्चलका अतित गुरुङलाई २१–१२ २१–१६ ले हराए । आर्मीका नवीन श्रेष्ठले पुलिसका सुर्य श्रेष्ठलाई २१–११ र २१–१० को सोझो सेटमा जिते । मध्यपश्चिमाञ्चलका रियाल अन्सारीले एपीएफका निराजन देवकोटालाई १३–२१, २१–१५ र २१–१५ ले जिते ।
त्यसैगरी एपीएफका इन्द्र महतोले सुदुर पश्चिमाञ्चलका जेवी साउदलाई २१–१३ २१–९ ले हराए । पूर्वाञ्चलका विवेक श्रेष्ठले मध्यमाञ्चलका तिर्थ के मल्ललाई २१–८ र २१–९ ले जिते । मध्यमाञ्चलका दिपेश शाक्यले पूर्वाञ्चलका प्रनिश ठकुरीलाई १४–२१, २१–१८ र २१–१५ ले पन्छाए । सुदुरपश्चिमाञ्चलका गौतम कठायतले एपीएफका जोसेफ अधिकारीलाई १९–२१, २१–१६ र २१–१९ ले हराए ।
पूर्वाञ्चलका जीवन आचार्यले सुदुर पश्चिमाञ्चलका चिरन विष्टलाई २०–२२, २१–१९ र २१–७ ले हराए । मध्यमाञ्चलका नीरविक्रम देवकोटाले आर्मीका प्रफुल महर्जनलाई २१–१६, १८–२१ र २१–१५ ले हराए ।