फुल कन्ट्राक्ट कराते
सातौ राष्ट्रिय खेलकुद अन्तरगत फुल कन्ट्याक्ट करातेको पुरुष तर्फ सेमिफाइनल र महिला तर्फ क्वार्टरफाइनल खेल सम्पन्न भएको छ । धरान १६ स्थित सेमीकबर्डहलमा भएको पुरुष ६० केजीमा पूर्वाञ्चलका गोपाललाल सिंह फाइनलमा प्रवेश गरेका छन् । ५० केजी तौल मुनि सशस्त्रका सञ्जय राई र सुदुरपश्चिमका सुमित कुमार रोकाया, ५५ केजी तौल मुनि सशस्त्रका निकेश महर्जन, मध्यमाञ्चलबाट बिनोद थापा र ४० केजी तौल मुनि मध्यपश्चिमाञ्चलका राजबन गोसाई र सुदुरपश्चिमाञ्चलका पुस्कर थापा फाइनलमा प्रवेश गरेका छन् । पुरुष खुल्ला तर्फको सेमीफाइनलमा सशस्त्र प्रहरीका रुपक नेपाली, मध्यमाञ्चलका तिर्थमार चिढिमार, नेपाल आर्मीका सनिसिंह सुनुवार र मध्यमाञ्चलमा रविन नेपाल प्रवेश गरेका छन् ।
यता महिला तर्फको प्रतियोगितामा आज क्वार्टरफाईनल चरण सकिएको छ । सेमिफाईनलमा महिला खुल्ला तर्फ नेपाल आर्मीकी मञ्जु विक, पश्चिमाञ्चलकी सुस्मी श्रेष्ठ पश्चिमाञ्चल, हरिना साउद सुदुरपश्चिमाञ्चल, सपना गन्धर्व मध्यपश्चिमाञ्चलबाट प्रवेश गरेका छन् । त्यस्तै ५५ केजी तर्फ पश्चिमाञ्चलकी सुनिता गुरुङ, पुलिसकी मनिषा लामा, मध्यमाञ्चलकी सबिता श्रेष्ठ र आर्मीकी अम्बीका भुजेल छन् । ५० केजी तर्फ पुलिसकी सुजता राई, सशस्त्रकी दिपा शाही, मध्यमाञ्चलकी निर्मला लो र सुदुरपश्चिमाञ्चलकी बिमला बुढा रहेका छन् ।
काता तर्फको छनौट प्रतियोगिता भने भोलि हुने प्रतियोगिताका जुरी विकाश महर्जनले बताउनुभयो । उनका अनुसार ५ वटा क्षेत्र र ३ वटा विभागिय टोलिबाट ६४ जना खेलाडिहरु प्रतियोगितामा सहभागि भएका छन् । प्रतियोगितामा पुरुष तर्फ ५ विधा र महिलाको ३ वटा विधामा प्रतिष्पर्धा भइरहेको छ ।