थापाको प्रशिक्षणमा नेपालको विजयी सुरुवात
प्रशिक्षक कुमार थापाको पहिलो महत्वपूर्ण परिक्षणको रुपमा रहेको दक्षिण एसियाली फुटबल च्याम्पियनसीपमा नेपालले भुटानलाई ८–० ले पराजित गरेको छ । नेपालका लागि साबीत्रा भण्डारी एक्लैले पाचँ गोल गरिन् । साबीत्राकै सहयोगमा सर्मीला थापाले दुइ गोल गरिन् भने प्रतिस्थापन्न खेलाडी कृष्णाले अन्तिम गोल गरिन् । पहिलो खेललाई परिक्षणको रुपमा लीएको बताउने प्रशिक्षक थापाले श्रीलंका र माल्दीभ्ससंगको समुह चरणको खेल पछि मात्र अन्य विपक्षीको बारेमा ध्यान दिने बताए ।