अनु र सोनामको प्रभाव यथाबत, सुबाषको उदय
सातौ राष्ट्रिय खेलकुद अन्तरगत करातेको पुरुषको ५० केजी तौलमा सशस्त्रका विजय लामाले स्वर्ण जिते । लामाले मध्यमाञ्चलका नवराज श्रेष्ठलाई रजतमा खुम्च्याए । प्रहरीका सोनाम लामा र सुदूरपश्चिमका आकास पालले कास्य पाए । ५५ केजी तौलमा नेपाल प्रहरीका सोनाम लामाले मध्यमाञ्चलका राजीव पुडासैनीलाई पछि पार्दै स्वर्णमा नाम लेखाए । तेश्रो स्थानमा सूपका गणेश बि.क. र सशस्त्रका लक्ष्मण तामाङ्ग रहे । पुरुषकै ६० केजी तौलमा नेपाल प्रहरीका रविन्द्र कार्कीले स्वर्ण पाए । एपिएफका मोहन कार्कीले रजत तथा मध्यमाञ्चलका राजकुमार रसैली र मध्यपश्चिमका प्रकाश घर्तिमगरले कास्य पाए । ७५ केजीमा आर्मीका सुभाष घतानेले पुलिसका गंगाराम कसुवारलाई पाखा लगाउंर्द स्वर्ण प्राप्त गरे । एपिएफका विरबहादुर रनेली र पूर्वाञ्चलका सन्त राईले कास्य पदक पाए ।
यस्तै पुरुषको ८४ केजीमुनीको तौलमा नेपाल प्रहरीका दिवश श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण जिते । तेश्रो स्थानमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भिमबहादुर तामाङ्ग रहे । महिलाको ५० केजीमा एपिएफकी अनु अधिकारीले आर्मीकी मिस्ली श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जित्न सफल भईन् । पूर्वाञ्चलकी जिना सुब्बा र मध्यपश्चिमकी मुस्कान शाहीले कास्य पाए । महिलाको ५५ केजी तौलमा एपिएफकी मनिषा चौधरीले स्वर्ण हात पारिन् । उनले फाइनलमा पूर्वाञ्चलकी रमिता थापालाई रजतमा खुम्चिन बाध्य पारिन् । पश्चिमाञ्चलकी पुजा दर्नाल र पुलिसकी मलिका थापाले कास्य पाए । ६१केजी तौलमा एपिएफकी सपना लामाले पुलिसकी सुनिता महर्जनलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरिन् । पश्चिमाञ्चलकी अनु गुरुङ्ग र मध्यपश्चिमकी प्रतिक्षा वि.सी.ले कास्यमा चित्त बुझाए । महिलाकै ६८ केजी मुनिको तौलमा पुलिसकी विभुषा थापाले आफ्नै क्लबकी अनुपमा थापालाई हराउंदै स्वर्ण जितिन् । तेश्रो स्थानमा पूर्वाञ्चलकी मिसदोना राई र मध्यमाञ्चलकी पुजा खनाल भए । विभागिय टोलीको बाहुल्यता रहेको करातेका सम्पूर्ण खेल सम्पन्न भएका छन् । १७ स्वर्ण पदकका लागि भएको खेलमा सशस्त्रको एपिएफले ८, आर्मीले ५ र नेपाल प्रहरीले ४ स्वर्ण पदक प्राप्त गरेका छन् ।