बास्केटबलमा मध्यमाञ्चल पहिलो

Manoj Shiama
27 December, 2016 8:32 am

सातौ राष्ट्रिय खेलकुद अन्तरगत बास्केटबलको महिलातर्फ मध्यमाञ्चल च्याम्पियन बनेको छ । धरानमा भएको फाइनलमा राष्ट्रिय टिमकी कप्तान सदीना श्रेष्ठको नेतृत्वमा रहेको मध्यमाञ्चलले विभागीय टोली आर्मीलाई ४०–२७ ले पराजित ग¥यो । मध्यमाञ्चलको जितमा एलिना गुरुङले १३ अंक योगदान गरिन् । मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ ले सहजै हराउदै तेश्रो भयो ।
पुरुषमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ६२–५८ तथा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई १०६–५४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।