आर्मी र पुलिस विजयी
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा आर्मी र पुलिस विजयी भएका छन । बैजनाथपुरको खेल मैदानमा जारी पहिलो खेलमा आर्मीले मध्यपश्मिाञ्चललाई ३० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ६ विकेट गमाई १ सय ५७ रनको योगफल तयार पारेको थियो । आर्मिका लागि विनोद भण्डारीले २३ बलमा ८ छक्का र ३ चौका प्रहार गरी ६७ रन बनाएका थिए । खोलमा अनिल मण्डलले ४९ बलमा ४ चौका प्रहार गरी ४१ रनको योगदान गरेका थिए । त्यस्तै राजेश पुलामिले ४७ रनको योगदान गरे । मध्यपश्मिाञ्चलका सिद्धान्तराज सहनी र ललित प्याकुरेलले समान २–२ विकेट लिएका थिए । सहनीले ४ ओभरमा १ मेडन राखदै ९ रन दिएका थिए भने प्याकुरेलले त्यतीनै ओभरमा १६ रन दिएका थिए । १ सय ५८ रनको विजय लक्ष्य सहित मैदानमा उत्रिएको मध्यपश्मिाञ्चलले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २७ रनमात्र जोड्न सक्यो । उसका लागि प्रज्वल शाहिले २९,राजविर सिंह, १९ र प्रनित थापाले १५ रनको योगदान गरेपनि अन्य व्याटस्म्यानले दोहोरो अंंक बटुल्न सकेनन् । एपिएफका विक्रम सोवले ४ ओभरमा २८ रन दिएर ३, सागर पुन र अविनाश कर्णले समान २÷२ विकेट लिएका थिए । दोस्रो खेलमा नेपाल पुलिसले पूर्वाञ्चललाई ५० रनकोे अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गमाई १ सय ४४ रन बनाएको छ । पुलिसका लागि आरीफ शेखले ३० बलमा १ छक्का र ४ चौका प्रहार गरि ४० रन र सुनिल धमलाले १८ बलमा ३ चौका प्रहार गर्दै २२ बनाए । पूर्वाञ्चलका फिरदोस अन्सारीले ४ ओभरमा १७ रन दिएर ४ विकेट र मुकुन्द यादवले ३ ओभरमा १२ रन दिएर २ विकेट लिएका थिए । जवाफमा १ सय ४५ रनको लक्ष्य पाएको पूर्वाञ्चलले निर्धारित ओभरमा सवै विकेट गमाई ९४ रनमात्र जोड्न सक्यो । पुर्वाञ्चलका लागि सन्दिप ढुंगानाले २९,मुकुन्द यादबले २८ र सुन्नी पुनले १३ रन बनाएका थिए । पुलिसका लागि रामनरेश गिरी र ललितसिंह भण्डारीले ३÷३ विकेट लिएका थिए । प्रतियोगिता अन्तर्गत भोलि हुने दुइ खेलमा मध्य पश्चिमाञ्चल तथा सुदुर पश्चिमाञ्चल र पश्चिमाञ्चल तथा पुर्वाञ्चल विकासक्षेत्र विच प्रतिस्पर्धा हुनेछ ।