मध्यमाञ्चल टिम च्याम्पियन

Manoj Shiama
20 December, 2014 10:32 pm

badorio
मध्यमाञ्चलले तेश्रो राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ६ रजत र ७ कांस्यसाथ मध्यमाञ्चलटिम च्याम्पियन बन्यो ।
दोलखाको देवी उमाविमा भएको प्रतियोगितामा २ स्वर्ण, ४ रजत र ६ कांस्यसाथ मध्यपश्चिमाञ्चल दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको पूर्वाञ्चलले २ स्वर्ण, ३ रजत र ९ कांस्य हात पा¥यो । १३ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी एक स्वर्ण सुदूरपश्चिमाञ्चलले जित्यो ।
नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगताको पुरुषमा निमा तामाङ तथा महिलामासुष्मा तामाङ उत्कृष्ट खेलाडी चुनिए ।उत्कृष्ट दुवै सुदूरपश्चिमाञ्चलका हुन् ।
पुरुष ३० केजीमा सोनाम लामा, ४० केजीमा सुवास लामा, ४५ केजीमा अर्जुनकुमार चन्द, ६० केजीमा पृथ्वी शाही ठकुरी तथा महिलाको ४५ केजीमा अनुसिया खड्का, ५० केजीमा रिमला राई, ५० केजीमाथि कविता खड्का तथा एकल कातामा याङ डोल्मा शेर्पाले मध्यमाञ्चललाई स्वर्ण दिलाए ।
पूर्वाञ्चलका लागि पुरुष ३५ केजीमा कर्मा शेर्पा र ५० केजीमा राजिव श्रेष्ठले स्वर्ण जिते । मध्यपश्चिमाञ्चलबाट पुरुष ५५ केजीमा सन्दिप लामा र खुलामा सुमन राईले स्वर्ण चुमे । सुदूरपश्चिमाञ्चलका निमा तामाङले पुरुष एकल कातामा शीर्ष स्थान हात पारे ।
विजेतालाई सभासद् मोहनबहादुर बस्नेत र आनन्द पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, नेपाल कराते महासंघका महासचिव एवं वादोरियो प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतले पुरस्कार प्रदान गरे ।
दुईदिने प्रतियोगितामा १ सय ९१ खेलाडीले १३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक बालकृष्ण आचार्यले जनाएका छन् ।