एपीएफ च्याम्पियन
Manoj Shiama
27 December, 2016 8:55 pm
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्नास्टिक खेलको फोलोर इभेन्टमा सशस्त्र प्रहरी बलको महिला टोलीले स्वर्ण पदक जितेको छ । मङ्गलवारबाट सुरु भएको जिम्नास्टिक खेलको फोलोर इभेन्टमा ७७.४५ अङ्कसहित स्वर्ण जितेको हो । मध्यमाञ्चल विकास क्षेत्र ७१.३५ अङ्कसहित रजत पदक प्राप्त गरेको छ । मध्यपश्चिमाञ्चल विकास क्षत्रेले ४२.४५ अङ्क ल्याउ“दै कास्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीसहित ५ विकास क्षेत्रका ७२ जना महिला पुरुष सहभागि रहेका थिए ।