माहिका र मायंका फाइनलमा
Manoj Shiama
27 December, 2016 10:35 pm
सातौ राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा जारी लनटेनिसको पुरुष सिंगल्समा आर्मीका संरक्षकभूषण वज्राचार्य र प्रहरीका कमलबहादुर भण्डारी फाइनलमा प्रवेश गरेका छन् । सो स्पर्धाको महिलामा जुम्ल्याहा दिदीबहिनी प्रहरीका मायांका र माहिका राणा फाइनलमा भिड्ने छन् ।
महिला डबल्समा प्रहरीका मायांका र माहिका तथा आर्मीका इरा रावत र अभिलाषा विष्ट फाइनलमा पुगेका छन् ।