मध्यपश्चिमाञ्चल र पश्मिाञ्चल विजयी
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको क्रिकेटको मंगलवार भएको खेलमा मध्यपश्चिमाञ्चल र पश्मिाञ्चल विजयी भएका छन । मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको समुह क को पहिलो खेलमा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई ७ विकेटले पराजित गरेको छ । मंगलबार विहान लागेको हुस्सुको कारण १५ ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले निर्धारित ओभरमा ६ विकेट गमाई ९९ रनको योगफल तयार पारेको थियो । सुदुर पश्चिमाञ्चलका लागि दिनेस आग्रीले २२ बलमा ६ चौका प्रहार गरी नटआउट ४० रनको बनाउन सफल भएकाथिए । मध्यपश्चिमाञ्चलका विजय चौधरीले ३ ओभरमा १५ रन दिए २ विकेट तथा नासीर अन्सारी, सिद्धान्त शाही र अमर सिंहले समान १÷१ विकेट लिएका थिए । जवाफमा १ सय रनको विजयी लक्ष्य सहित मैदानमा ब्याटिंग गर्न उत्रिएको मध्यपश्चिमाञ्चलले १२ ओभर ५ बलमै ३ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियोे । मध्य पश्चिमाञ्चलका लागि प्रनिक थापाले ३७ बलमा २ छक्का र ३ चौका गरी अविजित ५६ रन र अनुपम सिंहले अविजित १६ तथा सुवेन्दु पाण्डेले ११ रनको योगदान दिएका थिए । सुदूरपश्मिाञ्चलका दिनेश अग्रीले ३ ओभरमा २३ रन दिएर २ विकेट तथा रोशन नेपालिले १ विकेट लिएका थिए । दोस्रो खेलमा पश्मिाञ्चलले प्रतियोगिताबाट बाहिरी सकेको पूर्वाञ्चललाई ५ रनकोे अन्तरले पराजित गरी सेमीफाइनलमा पुग्ने आशा जिवितै राखेको छ । पश्चिमाञ्चलले ३ खेलमा २ मा जित र १ मा पराजित भइ ४ अंकका साथ समुहको दोस्रो स्थानमा रहेको छ । टस जितेर ब्याटिङ गरेको पश्मिाञ्चलले निर्धारित २० ओभरमा ४ विकेट गमाई १ सय ४३ रन बनाएको छ । पश्चिमाञ्चलका लागि कृष्ण कार्कीले ४१ बलमा ५ छक्का र ३ चौका प्रहार गरी नटआउट ५५ रन बनाएका थिए । अन्तिम थापाले ४१ बलमा २ चौका प्रहार गरी ४१ तथा शंकर रानाले २१ रनको योगदान गरेका थिए । पूर्वाञ्चलका सन्दिप ढुंगाानाले ४ ओभरमा २० रन दिएर २ विकेट र फिरदोस अन्सारी र विवेक यादवले समान १÷१ विकेट लिएका थिए । जवाफमा १ सय ४४ रनको लक्ष्य सहित व्यटिंग गरेको पूवाञ्चलले १९ ओभर ३ बलमा सवै विकेट गमाई १ सय ३८ रनमात्र जोड्न सक्यो । पुर्वाञ्चलका लागि महबुब आलमले ३० बलमा २ छक्का र ५ चौका प्रहार गरी ४७ रन तथा विवेक यादवले १९ र पुष्प थापाले १४ रन बनाए । पश्मिाञ्चलका लालबहादुर अधिबारी, धिरज शाही, अमृत गुरुङ र शाह आलमले समान २÷२ विकेट लिएका थिए । प्रतियोतामा बुधवार नेपाल पुलिस क्लब तथा मध्यमाञ्चल विकास क्षेत्र र त्रिभुवन आर्मि क्लब तथा ससस्त्र प्रहरिको एपिएफ विच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा समुह ए मा शसस्त्र प्रहरिको एपिएफ दुइ खेल जितेर ४ अंक सहित समुह एको शिर्ष स्थानमाछ भनेँ समा ४ अंक जोडे पनि नेट रनरेटको आधारमा त्रिभुवन आर्मि क्लब दोस्रो स्थानमाछ । समुह वि मा २ खेल जितेको नेपा पुलिस ४ अंक सहित शिर्ष स्थानमा रहेकोछ भने ३ खेल जितसमान अंक बनाएको पश्चििमाञ्चल विकासक्षेत्र नेट रनरेटको आधारमा दोस्रो स्थानमाछ ।