कबड्डीमा आर्मीलाई दुई स्वर्ण

Manoj Shiama
28 December, 2016 6:36 pm


सातौ राष्ट्रिय खेलकुद अन्तरगत कबड्डीको पुरुष र महिला दुवैमा आर्मीले बुधबार स्वर्ण जितेको छ । मोरङको टंकीसुनवारी भएको पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई ४७–३० ले पराजित ग¥यो । पश्चिमाञ्चल र एपीएफ क्लब संयुक्त रुपमा तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा आर्मीले प्रहरीलाई २४–२२ को झीनो अन्तरले हरायो । सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले कांस्य जिते ।
पुस ९ गतेदेखि सुरु कबड्डीको पुरुषमा ५ क्षेत्र, आर्मी र एपीएफ गरी ७ टिम सहभागी थिए । महिलामा पाँच क्षेत्र, आर्मी, प्रहरी र एपीएफ गरी ८ टिमले सहभागिता जनाएका थिए ।