दृढ ब्यक्तित्व मोनालीसा महिला राष्ट्रिय च्याम्पियन

Manoj Shiama
28 December, 2016 6:55 pm


सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको महिला समुहमा मोनालीसा खुम्बलु उपाधि जितेका छिन् । पहिलो राष्ट्रिय महिला च्याम्पियनसीपको उपाधि धारी मोनालीसाको यो दोश्रोउपाधि हो । दोश्रोमा तारा घले, तेश्रोमा बिना जयसवाल र चौथोमा सिन्दीरा जोशी च्याम्पियन भएका थिए ।
खोटाङ जिल्लाकी मोनालीसाले नेपाल आर्मी क्लबको प्रतिनिधीत्व गरेकी हुन् । फीडे आर्बीटर र नेपाल बुद्धीचाल संघको केन्दि«य सदस्य समेत रहेकी मोनालीसाको बर्तमान राष्ट्रिय टिम च्याम्पियन गोल्डेनगेट चेस क्लबको स्थापना र विकासमा पनि उत्तिकै योगदान रहेको छ । विद्यालय तहमा रहदा नै एसियाडमा सहभागिता जनाएकी मोनालीसा विगत एक दशक भन्दा लामो समय देखि चेस खेलाडीका साथै अन्य चेस सम्बन्धी रचनात्मक गतीबीधीमा उत्तिकै सक्रिय छिन् । नेपाली चेसमा मोनालीसाको दृढ ब्यक्तित्वको रुपमा भिन्न छबी समेत छ ।
खुला तर्र्फ मध्यमाञ्चलका मदनकृष्ण कायस्थको उपाधिको सम्भावना बलियो रहेको छ ।
मदनको सात तथा मध्यमाञ्चलकी रिजेन्द« राजभण्डारीको ६.५ अंक छ । एपीएफका सुमित पन्त, आर्मीका भुपेन्द« निरौला र हिमाल लामाको साथमा मध्यमाञ्चलका आशिष फुयाँल र क्षितिज भण्डारीको ५.५ अंक छ । पदकको होडबाजीमा यी बाहेक आर्मीका केशब श्रेष्ठ पनि होडबाजीमा छन् । केशबको ५ अंक छ ।