बास्केटबलको उपाधि आर्मीलाई

Manoj Shiama
28 December, 2016 7:08 pm

सातौ राष्ट्रिय खेलकुद अन्तरगत पुरुष बास्केटबलको उपाधि आर्मीले बुधबार जितेको छ । धरानको डिपोट स्कुलमा भएको फाइनलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० ले पराजित ग¥यो । पहिलो क्वाटरमा २४–१६ को अग्रता लिएको आर्मी दोश्रो क्वाटरमा १९–२२ ले पछि प¥यो । आर्मीले तेश्रोमा २०–१५ र चौथोमा २०–१७ को अग्रता बनाउदै उपाधि सुनिश्चित ग¥यो । तेश्रो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८२–७४ ले हरायो । पुरुषमा पाँच विकास क्षेत्र र आर्मी गरी ६ टिम सहभागी थिए ।
यसअघि पाँचदिन सञ्चालन भएको बास्केटबलको महिलातर्फ मध्यमाञ्चल च्याम्पियन बनेको थियो । महिलामा ४ क्षेत्र र आर्मी गरी ५ टिमले भाग लिएका थिए ।विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।