संरक्षक र मायांकालाई उपाधि

Manoj Shiama
28 December, 2016 8:43 pm


पोखरामा भएको लनटेनिसमा प्रहरीका संरक्षकभूषण वज्राचार्य र प्रहरीकै मायांका राणाले सिंगल्स उपाधि बुधबार जितेका छन् । पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका कमल भण्डारीलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा मायांकाले जुम्ल्याहा बहिनी प्रहरीकै माहिका राणालाई ५–७, ६–४ र ६–४ को सेटमा हराइन् ।
महिला डबल्समा मायांका र माहिकाको जोडीले स्वर्ण चुमे । उक्त जोडीले आर्मीका इरा रावत र अभिलाषा विष्टको विष्टको जोडीलाई ६–३ र ६–३ को सीधा सेटमा निराश पारे । सो स्पर्धाको पुरुषमा पश्चिमाञ्चलका कुमार अधिकारी र अनिल शाहीको जोडी च्याम्पियन बने । उक्त जोडीले एपीएफका श्रीराम मगर र सन्तोष खत्रीको जोडीलाई ७–५ र ७–५ ले पाखा लगाए । पुस ९ गतेदेखि सुरु प्रतियोगितामा ४० पुरुष र २२ महिला गरी ६२ खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।