सुटिङमा सुसे च्याम्पियन
सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत वैजनाथपुर भएको सुटिङको अन्तिम दिन पुरुष १० मिटर एयर राइफलमा आर्मीका सुसे चौधरीले स्वर्ण जिते । २ सय पूर्णाङकको फाइनलमा चरणमा सुसेले १८६ अंक जोडे । ओलम्पियन टीकाराम श्रेष्ठ दोश्रो भए । पूर्वाञ्चलका उनले १८३ अंक बटुले । तेश्रो स्थानमा चित्त बुझाएका मध्यपश्चिमाञ्चलका पवन घिमिरेले १६४ अंक ल्याए ।
सोही स्पर्धाको महिलामा प्रहरीकी अस्मिता राई च्याम्पियन बनिन् । २ सय पूर्णाङकको खेलमा अस्मिता र ओलम्पियन प्रहरीकै फुलमाया क्याप्छाकीले समान १८९ अंक जोडेपछि खेल टाइ भएको थियो । अर्को चरणमा पनि दुवैले समान १०–१० अंक जोडेका थिए । त्यसपछिको प्रतिस्पर्धामा भने अस्मिताले १८ अंक जोड्दै फुलमायालाई दोश्रो स्थानमा चित्त बुझाउन बाध्य पारिन् । त्यसमा फुलमायाले १७ अंक मात्र जोड्न सफल भइन् । मध्यपश्चिमाञ्चलकी रुसी सोमईं मगर तेश्रो भइन् । रुसीले १६४ अंक ल्याइन् ।