केशव श्रेष्ठ र सुजना लोहनी रेपिड चेस च्याम्पियन
नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ र वुमन फिडेमास्टर सुजना लोहनी रेपिड चेस च्याम्पियन बनेका छन् । सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय चेस प्रतियोगिताको रेपिड तर्फको उपाधि जित्ने क्रममा केशवले ७ खेलबाट ५ दशमलब ५ अंक बटुले । समान ५ दशमलब ५ अंक बनाएका पूर्वाञ्चलका प्रकाश नेपाल तथा मध्यमाञ्चलका गणेशमान दुवाल प्रोगेशिभ प्वाईन्ट टाईब्रेकरमा पछि पर्दै क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहे ।
महिलातर्फ ७ खेलबाट समान ६ अंक बनाएका नेपाल आर्मीका सुजना लोहनी तथा सीन्दिरा जोशी र एपिएफका शान्ता थापा क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहे ।