एपीएफलाई १० स्वर्ण
धुलाबारीको पासाङ ल्हामु कवर्ड हलमा विहीवार सम्पन्न भएको जिम्न्यास्टिक प्रतियोगितामा विभागिय टीम एपीएफले १० स्वर्ण जितेको छ । पुरुषतर्फ टीम इभेन्टसहित ७ र महिलातर्फ पनि टीम इभेन्टसहित ३ गरी कुल १० स्वर्ण एपीएफको पोल्टामा परेको हो । पुरुषतर्फको भुई व्यायाममा राजु राई (एपीएफ) ले एपीएफकै उज्जवल तिवारीलाई हराए । मध्यमाञ्चलका त्रिदेव गिरीले काष्य जिते ।
पोमेल हर्षमा राजुले स्वर्ण, एपीएफकै रमेश श्रेष्ठले रजत र सुदुरपश्चिमका भक्तवहादुर चौधरीले काष्य जिते । रोमन रिङमा पनि राईले स्वर्ण, श्रीकृष्ण गर्वुजा (एपीएफ)ले रजत र सत्यनारायण मानन्धर (मध्यमाञ्चल)ले काष्य जिते । पारलर वारमा राजुले स्वर्ण जित्दा विष्णु वाटा(एपीएफ)ले रजत र सत्यनारायण मानन्धर (मध्यमाञ्चल) ले काष्य थापे ।
त्यस्तै राजुले अलराउन्ड च्याम्पियनमा स्वर्ण जित्दा उज्जवल तिवारी (मध्यमाचल) र भक्तवहादुर चौधरी (सुदुरपश्चिम) ले क्रमशः रजत र काष्य जिते । पुरुषतर्फको मल्तिङमा भने उज्जवल तिवारी (मध्यमाञ्चल) ले स्वर्ण जिते । एपीएफका खेलाडीद्धय दिनेश सुनार र रमेश श्रेष्ठले क्रमशः रजत र काष्य पाए । पुरुष टिम इभेन्टमा एपीएफले स्वर्ण जित्यो । मध्यमाञ्चलले रजत र सुदुुरपश्चिमाञ्चलले काष्य जित्यो ।
महिला तर्फको टिम इभेन्ट पनि एपीएफकै पोल्टामा पर्यो । रजत मध्यमाञ्चल र काष्य सुदुपश्चिमले जित्यो । भल्टिक टेवलमा रेसिका श्रेष्ठ (एपीएफ) ले स्वर्ण जितिन् । तारा शिवाकोटी (मध्यमाञ्चल) र पिंकी झाङ (एपीएफ) ले रजत र सुनिता निरौला (एपीएफ) ले काष्य जिते ।
भु“ई व्यायाममा तनै मेडल एपीएफले जित्यो । पिंकी झाङले स्वर्ण, रेसिका श्रेष्ठले रजत र सुनिता निरौलाले काष्य जितिन् । अलराउन्डमा पनि तीनै मेडल एपीएफको पोल्टामा पर्यो । रेसिकाले स्वर्ण, पिंकीले रजत र सुनिताले काष्य जिते । विजेता टीमलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलगायतले मेडल प्रदान गरे ।