पुरुष क्रिकेटमा एपिएफलाई उपाधि
पुरुष क्रिकेटको उपाधि एपिएफले जितेको छ । मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको फाइनल खेलमा एपिएफले आर्मीलाई ४९ रनले पराजित ग¥यो । पहिले ब्याटिङमा उत्रेको एपिएपले निर्धारित २० ओभरमा ९ विकेट गमाई १ सय २१ रनको मध्यम योगफल खडा गरेकोे थियो । एपिएफका लागि कप्तान पारस खडकाले ३८ बलमा १ छक्का र १ चौका प्रहार गरी ३३ रन र भुवन कार्कीले १२ बलमा १ छक्का र २ चौका प्रहार गरी नटआउट २४ रन जोडे ।
आर्मीका विक्रम सोवले ४ ओभरमा १४ रन दिएर २ विकेट र सोमपाल कामीले ४ ओभरमा २१ रन दिएर २ विकेट लिएका थिए ।
१ सय २२ रनको मध्यम विजय लक्ष्य पछ्याएको आर्मीले १७ दशमलव ४ बलमा सबै विकेट गुमाइ ७२ रनमा सीमित भयो । आर्मीका नरेश बुढाऐरले १७ रन बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । एपिएफका भुवन कार्कीले ४ ओभरमा ११ रन दिएर ४ विकेट तथा शक्ती, बसन्त रेग्मी र यज्ञमान कुमालले २–२ विकेट लिएका थिए ।