जुडो प्रशिक्षकद्वय अजरबैजान जाने

Manoj Shiama
3 January, 2017 7:05 pm

जुडोका मुख्य प्रशिक्षक विरेन्द्र रञ्जित र प्रशिक्षक चन्द्र डङ्गोल आईजेएफ रेफ्रि तथा प्रशिक्षक सेमिनार २०१७ मा सहभागि हुन बुधबार अजरबैजान प्रस्थान गर्ने भएका छन् । अन्तर्राष्ट्रिय जुडो महासंघको आयोजनमा अजरबैजानको बाकु सहरमा पौष २२ र २३ गते हुने सेमिनारमा प्रशिक्षक द्वयले २०१७ देखि जुडोमा लागु हुने नयाँ नियम तथा प्रशिक्षणका बारेमा ज्ञान हासिल गर्ने नेपाल जुडो संघका महासचिव धर्म कुमार श्रेष्ठले जानकारी गराए ।प्रशिक्षक द्वयलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मंगलबार सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शुभकामना सहित बिदाई गरे ।