ओखल्ढुङ्गामा अपाङ्ग खेलकुद
Manoj Shiama
4 January, 2017 6:54 pm
नेपाल पारा ओलम्पिक कमिटी, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघ र नेपाल अपाङ्ग टेबलटेनिस संघको संयुक्त आयोजनामा व्हीलचेयर बास्केटबल, क्रिकेट तथा टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि ओखल्ढुङ्गाको रुम्जाटारमा सुरु हुँदैछ । फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) हरुले पनि विभिन्न खेल खेल्न सक्छन् भन्ने जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मध्येको एक पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् ।
प्रतियोगिताअन्तर्गत बास्केटबलमा ४ पुरुष र २ महिला टिम, क्रिकेटमा २ पुरुष टिम तथा टेबलटेनिसमा पुरुष÷महिला ८–८ गरी १६ खेलाडीको सहभागिता रहने बताइएको छ ।पुस २३ गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम, संसदीय विकास कोष समिति, हिमाल तराईं यातायात समिति, ओखल्ढुङ्गालगायतको सहयोग रहेको छ ।