डिगम र लक्ष्मण फाइनलमा

Manoj Shiama
5 January, 2017 8:16 pm


डिगमसिंह चेम्जोङ र लक्ष्मण राना मगर व्हीलचेयर बास्केटबल, क्रिकेट तथा टेबलटेनिस प्रतियोगिताअन्तर्गत व्ह्लीचेयर टेबलटेनिसको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । ओखल्ढुंगाको रुम्जाटारमा भइरहेको प्रतियोगितामा डिगमले भरत बिसीलाई ३–० तथा लक्ष्मणले विरु ढुंगानालाई ३–१ को सेटमा पराजित गरे ।
टेबलटेनिसकै शारीरिक अपाङ्गतर्फ विवेक राई र मनोज थापाले उपाधि भिडन्त पक्का गरे । विवेकले नवराज सोतीलाई ३–० तथा मनोजले हेम गुरुङलाई ३–१ को सेटमा हराए ।
प्रतियोगिताको सांसद्द्वय यज्ञराज सुनुवार र रामहरि खतिवडाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । नेपाल पारा ओलम्पिक कमिटी, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघ र नेपाल अपाङ्ग टेबलटेनिस संघद्वारा संयुक्त आयोजित प्रतियोगिता शनिबारसम्म जारी रहनेछ ।