ज्ञाननिकेतन बास्केटबलमा ४० टिम

Manoj Shiama
5 January, 2017 8:22 pm

ज्ञाननिकेतन स्कुलको आयोजनामा हुने १५ औं ज्ञाननिकेतन बास्केटबल च्याम्पियनसिपमा ४० टिमले सहभागिता जनाउने भएका छन् । माघ १० गतेदेखि सुरु हुने प्रतियोगितामा विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने आयोजक स्कुलका संयोजक सञ्जयजित कुँवरले जनाएका छन् ।
प्लस टु ब्वाइजमा १२ तथा स्कुलतर्फ सिनियर ब्वाइजमा १२, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्लस टुमा लिभरपुल, सिनियर ब्वाइजमा एचएचसीए, सिनियर गल्र्समा भ्याली पब्लिक र जुनियर ब्वाइजमा आयोजक ज्ञाननिकेतन डिफेन्डिङ च्याम्पियन हुन् ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु नेपाल बास्केटबल संघमा आबद्ध रेफ्रीले सञ्चालन गर्ने ज्ञाननिकेतनका ईसीए इन्चार्ज सुनील लामाले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न ३ लाख भन्दा बढी खर्च हुने आयोजकले जनाएको छ । खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल माघ २२ गते हुनेछ ।