आइकेकेएफ क्योकुशिन करातेँ शुक्रबारदेखि

प्रथम आइकेकेएफ नेपाल क्योकुशिन करातेँ राष्ट्रिय च्याम्पियनसिप शुक्रबारदेखी हुने भएको छ । नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघको आयोजनामा सर्बाधिक नगद राशीको प्रतियोगिता त्रिपुरेश्वरस्थीत कभर्डहलमा शुक्रबारदेखि दुई दिन सम्म चल्नेछ । प्रतियोगितामा २२ जिल्लाका १सय ७० खेलाडीले ६ तौलसमुहमा प्रतिस्पर्धा गर्नेछन् । फुलकन्ट्याक्ट करातेमा पहिलो पटक ब्यक्तिगत तौल समुहमा सर्बाधिक नगद रासीको पुरस्कार ब्यवस्था गरिएको आयोजकले जनाएको छ । पौष २२ र २३ गते हुने प्रतियोगिताको पुरुषतर्फ ३० केजीमुनि,३५ केजीमुनि,५० केजीमुनि,६०केजीमुनि र ६० केजीभन्दामाथी तथा महिलामा खुल्लातर्फ प्रतिस्पर्धा हुनेछन् । त्यसका लागि जिल्लाबाट निश्चित मापदण्ड अनुरुप छनोट गराइएको संघ उपाध्यक्ष राजिव महर्जनले बताए । प्रत्येक तौल समुहका उत्कृष्ट पाँचलाई नगद पुरस्कार प्रदान गरिनेछ । पहिलोदेखि पाचौँ हुनेलाई क्रमश,२० हजार,१० हजार,५ हजार,२ हजार ५ सय र एक हजार दुई सय प्रदान गरिने महासचिव श्रेष्ठले जनाए ।
प्रतियोगितामा उपत्यका बाहिरबाट सहभागी खेलाडीका लागि यातायात,खानेबस्ने ब्यवस्था आयोजकले नै गरेको महासचिव प्रेमनाथ श्रेष्ठले जनाएका छन् । प्रतियोगिताका लागि कुल २१ लाख ५६ हजार अनुमानित लागत लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई अन्र्तराष्ट्रिय खेलामा सहभागीता गराइने संघले जनाएको छ ।

Comment