बाग्लुङ्गका आइटीएफ खेलाडी सम्मानीत

Manoj Shiama
7 January, 2017 7:24 pm

१२ औ ढोरपाटन ब्लु स्काइ महिला भलीबल च्याम्पियनसीपको उद्घाटनको अबसरमा सातौ राष्ट्रिय खेलकुदमा पदक जित्ने बाग्लुङ्गका आइटीएफ खेलाडीहरु सम्मानीत भए । सम्मानीत हुनेमा दिपक गौतम, शर्मीला महत र बसन्ती बुढामगर छन् । सातौ राष्ट्रिय खेलकुदमा बुढामगरले स्वर्ण तथा गौतम र महतले रजत पदक जितेको घम बहादुर थापाले जानकारी दिए । प्रमुख अतिथी मन्त्री बालकृष्ण खाँडले सम्मान गरेका हुन्।