डिगम र विवेकलाई स्वर्ण
Manoj Shiama
7 January, 2017 7:59 pm
फरक क्षमता भएको व्यक्तिहरुको अपाङ्ग खेलकुद प्रतियोगिताको व्हीलचेयर टेबलटेनिसमा डिगमसिं चेम्जोङ शनिबार पहिलो भएका छन् ।
नेपाल पारा ओलम्पिक कमिटीको आयोजनामा ओखल्ढुंगाको रुम्जाटारमा भएको फइनलमा डिगमले लक्ष्मण राना मगरलाई ४–३ को सेटमा पराजित गरे । टेबलटेनिसकै शारीरिक अपाङ्गतर्फ विवेक राई पहिलो भए । उनले फाइनलमा मनोज थापालाई ४–० को सोझो सेटमा हराए ।
व्हीलचेयर बास्केटबलको पुरुषमा जावलाखेल पहिलो, बीआईए फाउन्डेसन दोश्रो र डब्लुएसए तेश्रो भए । सोही स्पर्धाको महिलामा ओखल्ढुंगाले स्वर्ण र रुम्जाटारले रजत हात पारेको आयोजक पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् । विजेतालाई ओखल्ढुंगाका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।