उपाधिमा रिड मोडलको दावी
१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीको अग्रता कायमै रहेको छ । बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा बिहीबार सम्पन्न खेलमा नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले अग्रता बनाएको हो । आफ्नो छैटौं खेलमा पनि अपराजित रहँदै न्यु डायमन्डले आर्मीलाई २५–६, २५–४ र २५–१५ को सोझो सेटमा पराजित गर्दै १८ अंक जोड्न सफल भएको छ ।
बिहीबार नै सम्पन्न अन्य खेलमा नेपाल पुलिस क्लव र भारतीय खेलाडीहरुको बाहुल्यता रहेको रिड मोडल कलेजले पनि सफलता हात पारेका छन् । ४ खेलसम्म अपराजित रहेको एपीएफलाई भारतका प्रभावशाली खेलाडी सम्मिलित स्वयम्भू ठूलो भ¥याङस्थित रिड मोडल कलेजले ३–१ को सेटमा हरायो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा रिड मोडल २५–१८, २२–२५, २५–२२ र २७–२५ ले विजयी भयो । त्यसैगरी नेपाल पुलिसले विजेश्वरी ज्ञान मन्दिर स्कुललाई २५–६, २५–४ र २५–७ को सोझो सेटमा पराजित ग¥यो । यो जितसँगै ७ खेलबाट पुलिसले १५ अंक जोडेको छ र लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ ।
प्रतियोगितामा अहिलेसम्म ५ खेल खेलेको सशस्त्र प्रहरीको एपीएफ क्लव चार खेलमा जित र एकमा हारसँगै १२ अंक जोड्दै लिगको तेस्रो स्थानमा झरेको छ । त्यस्तै चौथो स्थानमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ४ खेलबाट ९ अंक नै जोड्न सफल भएको छ भने नेपाल आर्मीले ५ खेलबाट ९ अंक जोडेको छ ।
त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लवले ६ खेलबाट ८ अंक जोडेको छ भने रामेछापको चन्डेश्वरी युवा क्लवले ७ खेलबाट ७ अंक जोडेको छ । बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लवले खाता खोल्न सकेका छैनन् । भोलि विहान हुने खेलमा विजयी हुने टोलीले पहिलो अंक हासिल गर्नेछन् । दुवै टोली पहिलो लिगबाटै बाहिरिने निश्चित भएको छ ।
त्यसैगरी बिहीबार भएको पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलले रामेछापको चन्डेश्वरी युवा क्लवलाई ३–० को सेटमा पराजित गरेको छ । पश्चिमाञ्चलले चन्डेश्वरीलाई २५–१३, २५–१२ र २५–१५ ले पराजित ग¥यो भने दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई पराजित गरेको छ । पश्चिमाञ्चल २५–९, २५–१३ र २५–६ को स्कोरले विजयी भयो ।