गोपी र चन्द्र उपाधी भिडन्तमा
गोपीबहादुर भट्टराई र चन्द्र लामा तेश्रो ओम फ्यामिली योगा टेनिस प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । ओम फ्यामिली ध्यान केन्द्रको आयोजनामा पोखराको लेकसाइडस्थित गुरुङ्ग भिलेज टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा गोपीले लोक गुरुङ्गलाई ६–१, ५–७ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । अर्को सेमिफाइनलमा चन्द्रले नविन चालिसेमाथि ६–३, ६–२ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाए ।
माघे सक्रान्ति पर्वका अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल शनिबार विहान हुने प्रतियोगिता आयोजक सुनिल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम र द्धितिय हुने खेलाडीले नगद सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । चारदेखि अघि शुरु भएको प्रतियोगितामा पोखराका २२ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।