रिड मोडल उपाधि यात्रामा अघि बढ्दै
१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले पहिलो हार बेहोेरेको छ । लगातार ६ खेलमा अपराजित रहेको न्यु डायमन्ड आफ्नो सातौं खेलमा भारतीय खेलाडीको बाहुल्यता रहेको रिड मोडल कलेजसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएको हो ।
बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा शुक्रबार सम्पन्न खेलमा न्यु डायमन्ड रिड मोडलसँग ३–० को सेटमा पराजित भयो । रिड मोडल २५–१६, २५–२१ र २५–२३ ले विजयी भएको हो । न्यु डायमन्डकी प्रतिभा मालीले लगातार उत्कृट स्पाइक गरे पनि भारतीय खेलाडीका अगाडि उनको केही लागेन ।
पराजयका बाबजुद न्यु डायमन्ड अंक तालिकामा भने शीर्ष स्थानमै रहेको छ । न्यु डायमन्डले ७ खेलबाट १८ अंक रहेको छ । शुक्रबारको पहिलो खेलमा रिड मोडलले रामेछापको चन्डेश्वरी युवा क्लवलाई २५–४, २५–१० र २५–१३ को सेटमा पराजित ग¥यो । अहिलेसम्म अपराजित रहेको रिड मोडल कलेजले ४ खेलबाट १२ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ ।
शुक्रबार भएका अन्य खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लव, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र न्यु डायमन्ड स्पोर्टस् क्लवले सफलता पाएका छन् । एकपक्षीय खेलमा एपीएफले आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई २५–८, २५–१० र २५–१० को सोझो सेटमा पराजित ग¥यो । प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको एपीएफ पाँच खेलमा जित र एकमा हारसँगै १५ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको पाँचौं स्थानमा उक्लिएको छ । पश्चिमाञ्चलले आर्मीलाई २५–१५, २५–२१ र २५–२३ को सेटमा पराजित ग¥यो । पश्चिमाञ्चलले ५ खेलबाट १२ अंक जोडेको छ । त्यसैगरी ७ खेलबाट १५ अंक जोडेको नेपाल पुलिस लिगको तेस्रो स्थानमा रहेको छ ।
लिगमा अंकविहीन रहेका न्यु डायमन्ड स्पोर्टस् क्लव र बिजेश्वरी ज्ञान मन्दिर स्कुल दुबैले पहिलो अंक जोडेका छन् । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा विजेश्वरीलाई ३–२ को सेटमा पराजित गर्दै न्यु डायमन्डले २ अंक जोडेको छ भने बिजेश्वरीले पनि एक अंक प्राप्त गर्न सफल भएको छ । न्यु डायमन्डले बिजेश्वरीलाई २०–२५, २५–२०, २२–२५, २५–१८ र १६–१४ ले पराजित ग¥यो ।
त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लवले ६ खेलबाट ८ अंक जोडेको छ भने रामेछापको चन्डेश्वरी युवा क्लवले ७ खेलबाट ७ अंक जोडेको छ ।