रिड मोडल कलेज अपराजित


१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिता अन्तर्गत शनिबार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लव, नेपाल पुलिस र रिड मोडल कलेजले सफलता हासिल गरेका छन् । भारतीय खेलाडीको बाहुल्यता रहेको रिड मोडल कलेजले आफ्नो अपराजित यात्रा कायमै राख्दा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पश्चिमाञ्चलविरुद्ध रिड मोडल कलेज २५–२०, २५–११ र २५–१९ को सेटमा विजयी भयो । लगातार पाचौं खेल जितेको रिड मोडल कलेजले १५ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पश्चिमाञ्चलले खेलेका ७ खेलमध्ये ३ मा जित र ४ मा हार बेहोर्दै १२ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।
प्रतियोगितामा अहिलेसम्म ८ खेल खेलेको एपीएफ ७ खेलमा जित र एकमा हारसँगै २१ अंक जोड्दै लिगको शीर्ष स्थान हासिल गर्न सफल भएको छ । आफूले खेलेका ७ खेलमध्ये एक खेलमा मात्र पराजय बेहोरेर १८ अंक जोडेको न्यु डायमन्ड एकेडेमी दोस्रो स्थानमा झरेको छ ।
बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा शनिबार सम्पन्न पहिलो खेलमा एपीएफले रामेछापको चन्डेश्वरी युवा क्लवलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने दोस्रो खेलमा नेपाल आर्मीलाई ३–० को सेटमै हरायो । एपीएफले चन्डेश्वरीलाई २५–७, २५–२ र २५–२ को सेटमा हरायो भने नेपाल आर्मीलाई २५–११, २५–१५ र २५–८ को सोझो सेटमा पाखा लगायो ।
शनिबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिसले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई २५–१०, २५–२ र २५–२० को सेटमा पराजित ग¥यो । नेपाल पुलिस ८ खेलबाट १८ अंक जोड्दै लिगको तेस्रो स्थानमा यथावत रहेको छ । त्यसैगरी ७ खेल खेलेको नेपाल आर्मीले ३ जितसँगै ९ अंक जोडेको छ भने आयोजक ढोरपाटन स्पोर्टस् क्लवको ६ खेलबाट ८ अंक छ । रामेछापको चन्डेश्वरी युवा क्लवले ९ खेलबाट ७ अंक जोडेको छ । न्यु डायमन्ड स्पोर्टस् क्लवको ८ खेलबाट २ अंक छ भने लिगको पुछारमा रहेको बिजेश्वरी ज्ञान मन्दिरले ८ खेलबाट एक अंक जोडेको छ ।

Comment