करातेका नया स्टार सुबास सम्मानित
नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना खेलाडी सुबास घतानेलाई शनिबार नगदसहित सम्मान गरेको छ । पूर्वाञ्चलमा गत पुसमा भएको सातौं राष्ट्रिय खेलकुदको करातेतर्फ स्वर्ण जित्न सफल सुबासलाई ५० हजार नगदसहित सम्मान गरिएको हो ।
पुरुष ७५ केजीको फाइनलमा नेपाल आर्मीका सुबासले फाइनलमा नेपाल प्रहरीका गंगाराम कुशुवारलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै स्वर्ण जितेका थिए । चितवन एसकेएआइएफमा रहेका सुबास विचकोृे पाचँ बर्ष भारतमा रहेर जितिन्सुकाइ करातेमा आबद्ध भएका थिए । नेपाल फर्के पछि खोटाङमा भएको प्रतियोगितामा उनको प्रदर्शनबाट आर्मी प्रशिक्षक बिरकृष्ण शाही र खेलाडी लेखनाथ मैनाली लगायत ठूलो समुह प्रभावित भएको थियो । त्यसै प्रभावले आर्मीको टोलीमा ढोका खोलीए पछि काठमाडौंमा उनलाई केही समय निबास गोपाल बैद्यले सहयोग गरेका थिए भने दिपक श्रेष्ठले प्रशिक्षण पनि दिएका थिए ।
एसकेआईएफको आयोजनामा शनिबारदेखि सातदोबाटोमा सुरु नवौं कानाजावा कप अन्तराष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन अवसरमा एसकेआईएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ र उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले सुबासलाई सम्मान पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरे ।