सेपाकताक्रोमा नेपाल दोश्रो

Manoj Shiama
15 January, 2017 9:55 am

दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको महिला रेगु स्पर्धामा नेपाल शनिबार दोश्रो भएको छ । श्रीलंकाको कोलोम्बोस्थित सेन्ट जोसेफ स्पोर्ट्स कम्प्लेक्समा नेपालले पाकिस्तानलाई २१–५ र २१–४ तथा आयोजक श्रीलंकालाई २१–१२ र २१–१३ ले पराजित गरेको कोलोम्बोबाट राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
पुरुष डबल इभेन्टमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले बंगलादेशलाई २१–१४ र २१–१२ को सोझो सेटमा हराउदै भारतसंग उपाधि भेट पक्का ग¥यो । महिला डबलमा नेपालले पाकिस्तानलाई २१–११ र २१–१३ तथा श्रीलंकालाई २१–१२ र २१–१५ को सीधा सेटमा पन्छायो ।
पुरुष रेगुमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पाकिस्तानलाई २१–७ र २१–७ तथा श्रीलंकालाई २१–१२ र २१–१५ को सोझो सेटमा पाखा लगायो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहेको प्रेस सल्लाहकार दाहालले जानकारी गराए । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।