रिड मोडल कलेज शीर्ष स्थानमा
१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा रिड मोडल कलेज उक्लिएको छ । स्वयम्भू ठूलो भ¥याङमा अवस्थित रिड मोडल कलेज आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा उक्लिएको हो । बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा आइतबार भएका दुबै खेलमा विजय हासिल गर्न सफल रिड मोडलले पहिलो खेलमा बिजेश्वरी ज्ञान मन्दिर स्कुललाई पराजित ग¥यो भने दोस्रो खेलमा नेपाल पुलिस क्लवलाई पाखा लगाउन सफल भयो ।
आइतबार भएको पहिलो खेलमा बिजेश्वरी ज्ञान मन्दिरलाई २५–६, २५–४ र २५–६ को सोझो सेटले पराजित गरेको रिड मोडलले दोस्रो खेलमा नेपाल पुलिसलाई २५–७, २५–१२ र २५–२० को सोझो सेटमा पाखा लगाउन सफल भयो ।
लिगमा ७ खेल खेलेको रिड मोडलले अपराजित रहँदै २१ अंक जोडेको छ । आइतबार नै भएको अर्को खेलमा पुरानो नैकापको न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रतिभा माली हावी भएको खेलमा न्यु डायमन्ड २५–१३, २५–१५ र २५–१९ ले विजयी भयो । आफ्नो सातौं खेलमा विजयी भएको न्यु डायमन्ड एकेडेमीले ८ खेलबाट २१ अंक जोडेको छ ।
आइतबारै दोस्रो खेल खेलेको पश्चिमाञ्चलले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई ३–० को सेटमा पराजित ग¥यो । पश्चिमाञ्चल २५–१४, २५–९ र २५–८ ले विजयी भयो । त्यसैगरी नेपाल आर्मीले आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई २५–१४, २५–१६ र २५–२० को सोझो सेटमा पराजित ग¥यो ।
पश्चिमाञ्चल आफूले खेलेका ९ खेलमध्ये ५ मा जित र ४ मा हार बेहोर्दै १५ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । नेपाल पुलिस क्लवले ९ खेलबाट १८ अंक जोड्दै लिगको चौथो स्थान कब्जा गरेको छ । त्यसैगरी ८ खेल खेलेको नेपाल आर्मीले ४ जितसँगै १२ अंक जोडेको छ भने आयोजक ढोरपाटन स्पोर्टस् क्लवको ८ खेलबाट ८ अंक जोडेको छ । रामेछापको चन्डेश्वरी युवा क्लवले ९ खेलबाट ७ अंक जोडेको छ ।