जेएफए विन्टर जुनियर फुटबल क्याम्प सम्पन्न
जुनियर फुटबल एकेडेमि(जेएफए)को आयोजनामा भएको जेएफए विन्टर जुनियर फुटबल क्याम्प सम्पन्न भएको छ । बालुवाटारस्थीत एकेडेमिमा २० दिने जुनिएर फुटबल क्याम्प आइतबार सम्पन्न भएको हो । उक्त फुटबल क्याम्पमा गल्र्स,जुनियर ब्वाइज(यू–१२) र सिनियर ब्वाइज(यू–१६)तर्फ ट्रेनिङ भएको थियो । २० दिने ट्रेनिङमा कुल ५० जुनियर फुटबलरको सहभागीता रहेको थियो । उक्त क्याम्पसमा सुयोग पौडेल जेएफए फ्युचर फुटबलर घोषित भए । ब्वाइजतर्फ युभन लाल श्रेष्ठ(जुनियर) र सुयोग श्रेष्ठ(सिनियर)े तथा गल्र्समा सायमा गौतम बेस्ट फुटबलर घोषित भए । मस्ट कमिटेट प्लेयर केमन क्षेत्रि(जुनियर) र अल्भिस विक्रम शाह(सिनियर) तथा गल्र्समा राभ्या श्रेष्ठ चुनिए ।
त्यस्तै मस्ट इमप्रुभ्ड प्लेयर आर्यन राणा(जुनियर) र प्रथम मानन्धर(सिनियर) तथा गल्र्समा जेनिक्रीपा लिम्बु चुनिएका छन् । बेस्ट गोलको उपाधि आर्यन लाल श्रेष्ठले जिते । अनेस्टी प्लेयरमा साभेर लाल श्रेष्ठ(जुनियर) र निपेन्द्र थापा (सिनियर) तथा गल्र्समा साराहना गौतम छनोट भए । ड्रीब्लीङ मास्टर सुयोग बस्नेत(सिनियर) र प्रध्युत राज हाडा (जुनियर) तथा मस्ट स्टाइलिस प्लेयर हेनिज गुरुङ चुनिए । मस्ट सपोर्टिभ प्यारेन्ट्सको उपाधि इन्द्र कमल सुब्बाले हात पारिन् ।
ट्रेनिङमा जुनियर ब्वाइजमा १४ र सिनियरमा ब्वाइजमा २० तथा गल्र्समा १६ जुनियर फुटबलरको सहभागीता रहेको एकेडेमिका मुख्य प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले बताए । ट्रेनिङमा महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापा र एएफसी ए लाइसेन्स प्राप्त ए डिभिजन क्लब थ्री स्टारका प्रशिक्षक रविन्द्र सिलाकार लगायतले प्रशिक्षण दिएका थिए । ट्रेनिङमा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीको सहभागीता रहेको थियो ।