ढोरपाटन डबल लिग महिला भलिबलको पहिलो लेगमा रिड मोडल कलेजको अग्रता
१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो लिगको खेल सम्पन्नसँगै रिड मोडल कलेजले अग्रता बनाएको छ । स्वयम्भू ठूलो भ¥याङको रिड मोडल कलेजले सोमबार भएको दुवै खेलमा सफलता हात पारेपछि ९ खेलबाट २७ अंक जोडेको छ । अपराजित यात्रालाई कायम राख्दै रिड मोडलले नेपाल आर्मी र ढोरपाटन स्पोर्टस् क्लवलाई समान ३–० को सोझो सेटमा हरायो । पहिलो खेलमा आयोजक ढोरपाटनलाई २५–४, २५–१६ र २५–१० तथा आर्मीलाई २५–११, २५–९ र २५–१६ को सेटमा पराजित ग¥यो ।
पराजय पश्चात पनि आर्मी र ढोरपाटन लिगको दोस्रो चरणमा प्रवेश गरेका छन् । आर्मी ९ खेलबाट १२ अंक जोड्दै छैटौं स्थानमा रहँदै लिगको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लव ९ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा रहेर दोस्रो चरणमा पुगेको छ ।
पहिलो लिगको अन्तिम खेलमा चिरप्रतिद्वन्द्वी न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लव ९ खेलबाट २४ अंक बटुल्दै दोस्रो स्थानमा रहन सफल भएको छ । एपीएफले न्यु डायमन्डमाथि २५–२०, २५–१८ र २५–१२ को जित निकाल्यो । पराजय पश्चात न्यु डायमन्ड ९ खेलबाट २१ अंकमा सीमित हुँदै तेस्रो स्थानमा झरेको छ ।
सोमबार नै भएको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लव रामेछापको चन्डेश्वरी युवा क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको चौथो स्थानमा रहन सफल भएको छ । पुलिसले चन्डेश्वरीलाई २५–८, २५–१७ र २५–११ को अंकमा पराजित ग¥यो । पुलिसले ९ खेलबाट १८ अंक जोडेको छ ।
पश्चिमाञ्चल आफूले खेलेका ९ खेलमध्ये ५ मा जित र ४ मा हार बेहोर्दै १५ अंक जोडेर पाँचौं स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
आठौं स्थानमा रहेको चन्डेश्वरी, नवौं स्थान हासिल गर्न सफल न्यु डायमन्ड स्पोर्टस् क्लव र अन्तिम स्थानमा रहेको बिजेश्वरी ज्ञान मन्दिर स्कुल पहिलो चरणको लिगबाटै बाहिरिएका छन् ।