खेलाडी तथा प्रशिक्षक सम्मानित
Manoj Shiama
18 January, 2017 6:32 pm
टिम च्याम्पियन बन्न सफल राष्ट्रिय किक बक्सिङ्ग संघ केन्द्रिय डोजोका विजयी खेलाडीहरुलाई संघका महासचिव तथा प्रमुख प्रशिक्षक दीपक श्रेष्ठले सम्मान गरेका छन् । दाङ्गको घोराहीमा आयोजना भएको प्रथम खुल्ला किक बक्सिङ्ग प्रतियोगितामा केन्द्रिय डोजो टिम च्याम्पियन बन्न सफल भएको थियो । सोहि अवसरमा उक्त प्रतियोगितामा केन्द्रिय डोजोको तर्फबाट सहभागि रेफ्रि र टिम प्रशिक्षकलाई समेत सम्मान गरिएको थियो । प्रतियोगिता यहि माघ १ देखि ३ गते सम्म आयोजना भएको थियो ।